काठमाडौं । हरिसिद्धिमा स्थित नेपाल क्यान्सर हस्पिटलले विश्व क्यान्सर दिवसको अवसरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष फेब्रुअरी ४ तारीखका दिन मनाइने विश्व क्यान्सर दिवस नेपाल क्यान्सर हस्पिटलमा पनि मनाइएको हो।
शुक्रबार हस्पिटलमा आयोजना गरिएको कार्यक्रममा हस्पिटलका विभिन्न विभागका विभागिय प्रमुखहरुले विभागसँग समबन्धित प्रस्तुति दिएका थिए । क्यान्सर विरुद्धमा जनचेतना फैलाउने र रोकथामका उपायहरू फैलाउने उद्देश्यले उक्त दिवस मनाउने गरेको हस्पिटलका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताए । साथै पछिलो समय नेपालमा क्यान्सरको उपचारमा पहुँच बढेसँगै क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको जानकारि दिए ।

हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरेले मेडिकल अंकोलोजिष्टको भुमिका र उपचारमा अन्य विभागका डाक्टर तथा स्वाथ्यकर्मीको टिमसहित उपचारमा जानुपर्ने बारे प्रस्ट पारेका थिए । साथै धन्यबाद हस्पिटलको युनिटले उत्कृष्ट सेवा गरेकोमा सरहना गरेका थिए।

त्यसैगरी हस्पिटलका क्यान्सर शल्यचिकित्सक डा. कपेन्द्र शेखर अमात्यले नेपाल क्यान्सर हस्पिटलमा एक वर्षमा चार हजारभन्दा बढी बिरामीको शल्यक्रिया भएको जानकारी दिएका थिए । रेडियोलोजिष्ट डा। सरोज चटौतले यस हस्पिटलकामा रहेको रेडियोलोजी प्रविधि नेपालकै उत्कृष्ठ रहेको बताए ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल गौतमले प्रसासनले हस्पिटलको व्यक सपोटको रुपमा काम गर्दै आएको र हस्पिटलमा टिम वर्ककै कारण उत्कृष्ट सेवा दिन सफल भएको बताए । उनका अनुसार नेपाल क्यान्सर हस्पिटल देशकै नमुना अस्पताल भएको जानकारि दिए । त्यसै गरि कार्यक्रममा अस्पतालका विभिन्न विभागका विभागिय प्रमुखहरुले आ-आफनो विभागले गरिरहेको काम र त्यस विभागको महत्वकोबारेमा प्रस्तुति दिदै जानकारी गराएका थिए ।