काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको जानकारी गराइएको छ।
कार्यक्रममा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु रहेको बताए। उनले नेपालमा प्रत्येक वर्ष करिव २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए। २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको उनले बताए। उनका अनुसार फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको छ।
बिर अस्पतालका प्रा.डा. बिबेक आचार्यले अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक रहेको विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको बताएका छन । उनले प्रय बिरामितेस्रो र चौथो अवस्थामाअस्पताल आउने गरेको बताए । उनले सरकारले पाठेघरको क्यान्सर रोकथामका लागि १४ वर्ष सम्मका बालिका लाई लक्षित गरि एचपीभी खोप कार्यक्रमलाई पनि राष्ट्रिय खोप कार्यक्रममा राख्ने तयारी गरिरहेको बताए। नियमित रूपमा स्वास्थ्यको जाँच गरेर क्यान्सर प्रारम्भिक चरणमै पत्ता लागेमा रोग निको पर्न सकिने बताए ।
क्यान्सरको एक तिहाई कारक तत्वहरुमाध्ये सुर्तिजन्य पदार्थको प्रयोग,मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ। सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न र बेचबिखनलाई ऐन नियमन बने पनि कार्यान्वयन गर्न नसकेको बताए ।