काठमाडौँ । ओम समाज डेन्टल हस्पिटलद्वारा लायन्स क्लब अफ काठमाडौँ इन्द्र अन्नपुर्ण योग तथा घिमिरे समाजको सहकार्यमा चाबहिल र बनस्थली चोकमा गत शुक्रबार र शनिबार रक्तदान कार्यक्रम तथा नि:शुल्क दन्त शिबिर सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रममा ३० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्। रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरेको ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरेले बताए। उत्तरदायित्व अन्नतरगत रक्तदान लगायतका सामाजिक कार्यहरु यस हस्पिटलले गर्दै आइरेहेको जानकारि दिए ।
यस्तै ओम समाज डेन्टल हस्पिटलले कोरोना महामारीको अबधिमा घर घरमा निःशुल्क दन्त उपचार लगाएत निस्शुल्क अक्सिजन तथा नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनुको साथै सामाजिक संघ संस्थाहरुको सहकार्यमा नि:शुल्क स्वस्थ शिबिर लगाएतका कार्यहरु गर्दै आइरहेको छ ।