अछाम । करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ ।
पन्चदेवल विनायक नगरपालिका ५ लयाँटीका प्रकाश बुढाले ज्यान गुमाएका छन। दैलेखको आठबिस नगरपालिका ४ राकममा एभरेस्ट नेटवर्क इन्टरनेटको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
हिजो माघ २३ गते इन्टरनेटको काम गर्न विद्युतको पोलमा चढेका प्रकाशलाई करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै उनको ज्यान गएको उनका आफन्तले जानकारी दिए ।