काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ।
उक्त शल्यक्रिया अस्पतालका डा। रविन्द्रभक्त तिमलाको नेतृत्वमा डा। मरिषा अर्याल, डा। सुजन बोहरा र डा। सन्दीप भण्डारीको टोलीले १४ वर्षीया बालिकाको गरेका थियो । यो एकदमै जटिल शल्यक्रिया रहेको डा । तिमलाले बताए ।
डा। तिमलाका अनुसार उक्त शल्यक्रिया यसअघि नेपालमा भएको थिएन। प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको साढे चार घन्टा मुटु पूरै बन्द गरेर १० घण्टा लगाएर शल्यक्रिया गरिएको उनले जानकारी दिए ।
ती बालिकालाई केही दिनमै डिस्चार्ज गरिने छ। उनको शल्यक्रिया निशुल्क कार्यक्रम अन्तर्गत गरिएको थियो।