काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो । डा. जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्। उनि नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्षसमेत हुन् ।
परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो।