काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.सतिश कुमार देव नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको रजिष्टार पदमा डा.देव लाई नियुक्त गर्ने निर्णय गरेको हो । दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्टारमा डा.देवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो ।
डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए । उनि मेडिकल काउन्सिलका पूर्व सदस्य समेत रहेका थिए ।