काठमाडौं । सातौँ नेपाल मेडिकल तथा ल्याब एक्सपोको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्रै मेडिकल उपकरण निर्माणका लागि पहल भएमा सरकारले सघाउने बताएका छन्।
एक्स्पोमा बोल्दै उनले मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने मेडिकल उपकरणहरुको प्रदर्शनी हुनु निकै सकारात्मक भएको कुरा बताए। यस एक्स्पोले नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने कुरा बताए ।
एस।डि। प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले सबैभन्दा ठूलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी भई रहेको जानकारि दिए । उनले विदेशीमा हरेक बर्ष स्वास्थ्य क्षेत्रमा नयाँ आविष्कार हुने र ति आविष्कार तथा अनुसन्धानलाई नेपालमा ल्याउनु नै एक्स्पाको उद्देश्य रहेको बताए ।