काठमाडौँ । विशेष अदालत काठमाडौँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीले पदीय मर्यादा विपरीत प्रोफेसर पदको दुरुपयोग गरेको भन्दै ९ माघ २०७९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दाका विषयमा बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले निलम्बित उपकुलपति डा गिरीलाई सफाइ दिएको हो । आफू विरुद्ध लागेको मुद्धामा सफाई पाएपछि उनले बिहीबार प्रतिष्ठान पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
अदालतले डा गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्राध्यापक पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको थियो । डा गिरी निलम्बित भएपछि प्रतिष्ठानमा डा प्रह्लाद कार्कीले कामु उपकुलपतिको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।