काठमाडौँ । खाद्यपूरक सामग्रीहरू (डायटरी सप्लिमेन्ट्स र न्युट्रास्युटिकल)को सिफारिस तथा प्रयोग नगर्ने अस्पतालहरूले कडाइ गर्न थालेका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरले आफ्ना चिकित्सकहरूलाई खाद्यपूरक सामग्रीको सिफारिस नगर्न निर्देशन दिएका छन् ।
औषधी व्यवस्था विभागवाट डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल गैरकानुनी रूपमा आयात गरी औषधी पसलवाट फर्मास्युटिकल वनावट ( ट्यावलेट, क्याव्सुल र सिरप) गैरकानुनी रूपमा विक्री वितरण भएकोले यस्ता औषधी पैठारी, विक्री वितरण, सञ्चय, परिवहन तथा विरामीलाई सिफारिस नगर्न निर्देशन दिएका छन् ।
यस अस्पतालवाट समेत औषधी व्यवस्था विभागमा दर्तारस्वीकृत भएका अत्यावश्यक वाहेक कुनै पनि खाद्यपूरक सामाग्रीहरु (न्युट्रास्युटिकल) सिफारिस
नगर्नु र नगराउन अनुरोध गरिएको छ । साथै त्यस्तो सिफारिस गरिएको भेटिएमा सम्वन्धित चिकित्सक र स्वास्थ्यकर्मीलाई कानून वमोजिम कारवाही गरिने व्यहोरा समेत जनाएको छ ।