काठमाडौं । उपचार सेवामा करिब २ दशक बिताइसकेको भक्तपुरको मध्यपुर गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालले आफ्ना सेवाहरुलाई विशिष्टीकृत गर्दै लगिरहेको छ ।
जनरल मेडिसिन, गाइनोकोलोजी तथा शल्यक्रिया सेवाबाट सुरु भएको यस अस्पतालले अहिले विभिन्न विशेषज्ञ सेवा दिई रहेको छ । अस्पतालले रिकन्ट्रक्सन सर्जरी लगायतको सेवा सुरु गरिसकेको छ। त्यस्तै मेडिसिन सेवाअन्तर्गत जनरल फिजिसियनले मात्रै सेवा दिदैं आएकोमा मुटु रोग विशेषज्ञ, पल्मोनोलोजिष्ट, इन्डोक्राइनोलोजी, काडियोलोजी लगायतको सेवालाई विस्तार गरिएको छ । अस्पतालले सर्जरी सेवालाई बढी नतिजामुखी बनाउनका लागि ल्याप्रोस्कोपी सर्जरीको सुरुवात गरिसकेको छ ।
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा। उसा कार्कीले अस्पतालमा महिलाहरुमा हुने पाठेघर तथा प्रजनन सम्बन्धि सम्मर्पुण समस्याको ओपीडी सेवा तथा स्वास्थ्य जाँचमा सेवा दिदै आएकि छन् । त्यसै गरि डा। कार्कीले फर्टिलिटी सेन्टर सुचारु गरे निसन्तान दम्पतीहरुका लागि ओपीडी सेवा समेत दिई रहेकि छन् । फर्टिलिटी सेवा अन्तर्गत बाँझोपन सम्बन्धि, बारम्बार गर्भ खेर जाने अवस्था, महिनावारीको गडबडी हुने समस्या र स्त्री तथा प्रसूती रोग सम्बन्धि सम्पूर्ण उपचार भई रहेको छ । साथै पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप समेत चिकित्सको सल्लाहमा दिईएको छ ।
सस्तो मुल्यमा गुणस्तरीय सेवा नै यस अस्पतालको आकर्षणको पक्ष मानिन्छ । अस्पतालले सामुदायिक स्तरमा विभिन्न प्रकारको हेल्थ क्यापहरु गरिरहेको छ । भक्तपुरका विभिन्न स्कुलहरुमा गएर अस्पतालले स्वास्थ्य जनचेतनामुलक विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।