काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री पदम गिरी नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी हुने भएका छन् ।
पुष्पकमल दाहालले नेतृत्वको सरकारबाट कांग्रेस, एकीकृत समाजवादी लगायतका दल बाहिरिने निश्चित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।
स्रोतका अनुसार आज नेकपा एमालेबाट पदम गिरीले मन्त्रीका रुपमा सपथ खाने सम्भावना छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै नेकपा एमालेका तर्फबाट पहिलो चरणमा गिरीलाई मन्त्री बनाउन लागेको हो। यसअघि गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।