भक्तपुर। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सोमबार २२ औँ कलेजो प्रत्यारोपण भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो। केन्द्रले हाल सम्म २२ जनाको कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न गरेको छ ।
६५ वर्षीया महिलामा कलेजो प्रत्यारोपण गरिएको छ। उक्त कलेजो प्रत्यारोपणमा ज्वाँइले सासुलाई कलेजो दान गरेका छन् । ६५ वर्षीया सासु लक्ष्मी देवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाँई श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका थिए । ज्वाँईले सासूलाई दान गरेको कलेजो प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा। पुकारचन्द्र श्रेष्ठको टोलीले गरेको थियो। डा श्रेष्ठका अनुसार सासू र ज्वाँई दुबैको स्वास्थ्य अवस्था सामान्य छ ।