काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा उहाँहरुलाई राष्ट्रपति पौडेलले सपथ गराएका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनि यसअघि विस २०७५ मा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सप्तरी १ बाट निर्वाचित नवलकिशोर साह यसअघि मधेस प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएका थिए ।