भक्तपुरमा । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरेको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मणिराजको मध्यपुर थिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल गएराति सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको हो ।मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका(४ घर भई काभ्रेको जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।