काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म काठमाडौंका ४ लाख १७ हजार ५ सय ५७ बालबालिकाले खोप लगाइसकेका छन् ।
काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.अर्जुन प्रसाद सापकोटाले भोलि र पर्सि (२९र ३०) मा बाँकि रहेका स्थानमा खोप लगाईने बताए र छुटेका बालबालिका लाई नियमित स्वस्थ्य केन्द्र बाट खोप दिईने बताए ।
उनका अनुसार देश भरिका ६६ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । कुल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिका मध्ये अहिलेसम्म करिब ३७ लाख ९२ हजार ४ सय ६८ ले खोप लगाएको उनले महिला स्वास्थ्यलाई जानकारि दिए ।
दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।
खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिने छ । शाखाका प्रमुख डा गौतमले खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए ।