काठमाडौं । स्वास्थ्य बिमा बोर्डले निजी संस्थाबाट स्वास्थ्य बिमाबापतको सेवा लिएमा २० प्रतिशत रकम आफैंले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डको २४ फागुनमा बसेको बैठकले निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरूले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि सह भुक्तानी कार्यविधिअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत (को-पेमेन्ट )शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।
तर निजी स्वास्थ्य संस्थामा २० प्रतिशत भुक्तानी गनुपर्ने नयाँ व्यवस्था निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने लागु हुने छैन ।