काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन गरेको छ।
परिषदले शनिबार लिएका पीसीएल नर्सिङतर्फको ३५औँ र बीएससी नर्सिङको पाचौँ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन् ।
परिषद्का अनुसार पीसीएल नर्सिङतर्फ ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना उतीर्ण भएका छन्। बीएस्सी नर्सिङमा ४४५ सहभागी भएकोमा २६८ जना उतीर्ण भएका छन्।
परीक्षामा उतीर्ण परीक्षार्थीलाई लाइसेन्सका लागि अनलाइनमार्फत १२०० रुपैयाँ तिरी आवेदन दिन भनिएको छ। साथै परीक्षामा अनुतीर्ण भएका परीक्षार्थीहरुले आगामी परीक्षामा सहभागी हुन पाउने छन्।