भोजपुर । घरमा कोही नभएको समयमा आगलागी हुँदा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका पिप्लेका एक बालिका र दुई बालकको मृत्यु भएको छ ।
शनिवार साँझ गाई गोठमा अचानक आगलागी हुँदा एका घरका दाजुभाइका छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिए । केदार कार्कीको छोरा वर्ष ५ का प्रनिष कार्की र रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाइ वर्ष ३ को युनिस कार्कीको खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको प्रहरी प्रमुख डिएसपी पाठकले बताए ।
घटनास्थल इलाका प्रहरी कार्यालय घोरेटारबाट १५ किलोमिटर दक्षिणमा भएको हो । इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटना स्थल तर्फ पठाइएको थियो ।