काठमाडौं । औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएका युनिक फर्मास्युटिकल प्रालि को युनिमोल ट्याब्लेट न्यून गुणस्तरको पाए पछि यस लाई सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न सूचना जारी गरेको छ ।
युनिमोल ट्याब्लेट विडिटी–२३६९ ब्याच नम्बर भएको औषधिको राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले औषधि फिर्ता गर्न विभागले युनिक फर्मास्युटिकलका लागि औषधि फिर्ता गर्ने सम्बन्धी सूचना जारी गरेको छ ।