बाँके । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ की १९ वर्षीया ममता सिंह ठकुरीको रेबिजका कारण मृत्यु भएको छ।
केही महिनाअघि किशोरीलाई कुकुरको बच्चाले टोकेको थियो। कुकुरको सानो बच्चाले टोकेको केही हुँदैन भन्दै घरपरिवारले रेबिज विरुद्धको भ्याक्सिन लगाएका थिएनन्। रेबिजको लक्षण देखिएपछि नेपालगन्ज हुँदै उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा किशोरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले बताए।
उनले गत आर्थिक वर्ष ०७९र८० मा रेबिज रोगका कारण जिल्लामा दुई जनाको मृत्यु भएको बताउँदै कुकुर, बिरालो र मुसाले त टोकेको हो भनेर लापरबाही गर्दा यस्तो घटना घटेको बताउँदै अबका दिनमा लापरबाही नगर्न आग्रह समेत गर्नुभएको छ। कुकुर वा बिरालोले टोक्ने बित्तिकै रेबिज विरुद्धको भ्याक्सिन लगाउन उनको अनुरोध छ।