सुर्खेत । कर्णाली प्रदेशमा निजी अस्पतालहरुको छाता संगठन (अफिन)को तदर्थ समिति गठन भएको छ।
कर्णालीमा निजी अस्पतालहरुको छाता संगठन पहिलोपटक तदर्थ समिति गठन भएको हो। प्रदेश उपाध्यक्ष तथा गुरुङ नर्सिङ हस्पिटल प्रा.लि का संचालक समेत रहेका भिम गुरुङ को अध्यक्षता मा सम्पन्न बैठकले ले समिति गठन गरेको हो।
कर्णाली केयर हस्पिटल का सचालक तथा निर्देशक दिपक गौतम अध्यक्ष, कर्णाली ट्रमा केयर का संचालक आोम प्रकाश काफ्ले उपाध्यक्ष, सुर्खेत हस्पिटल प्रा. लि का अस्पताल व्यवस्थापक भक्तबहादुर शाही सचिव, गुरुङ हस्पिटल प्रा.लि का संचालक निरक गुरुङ कोषाध्यक्ष, माया नर्सिङ होम का बिशेश्वर खडका सदस्य, राना हस्पिटल का बिजय घले सदस्य, जिपि मेमोरियल नर्सिङ होम का उत्तम कुमार शाही सदस्य रहेको कार्यसमिति गठन भएको छ ।