काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा सुचीकृत अस्पतालले हप्तामा १ देखि ३ दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा प्रदान गर्नु पर्ने भएको छ।
बीमा बोर्डका अनुसार निजिरसहकारीरसामुदायिकरमेडिकल कलेजहरु मध्ये १०० शैया सम्मको अस्पतालले हप्तामा १ दिन २०० शैया सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शैया वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभुत वा प्रादेशिक अस्पतालहरुमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ ।
सरकारी स्वास्थ्य संस्था ९आधारभुत अस्पताल, प्रादेशिक अस्पताल० हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गरी बीमित नागरिकलाई सहज विशेषज्ञ ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनु हुन बोर्डले अनुरोध छ ।