दाँत तथा मुख सफा गर्ने तरिका
बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ ।
- बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने ।
- अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने ।
- २ दाँत बिचको सतह डेन्टल फ्लसु को प्रयोग गरी सफा गर्ने ।
- बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने ।
- टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने ।
- धूम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने ।
- रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने ।
- हरेक ६ महिनामा दन्त परीक्षण गराउने
दन्त स्वास्थ्य सम्बन्धी केही गलत आम धारणा
- दाँत निकाल्दा आँखा कमजोर हुन्छ ।
- दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ ।
- जुठो खाँदा दाँतमा किरा लाग्छ ।
- नक्कली दाँत राखे कमजोर भइन्छ ।
- उपचार गर्नु भन्दा निकाल्नु ठिक हुन्छ ।
- दाँत नदुख्दासम्म उपचार गर्नु हुँदैन ।
- कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ ।
- अन्य रोगहरुको तुलनामा दाँतको रोग गम्भीर हुँदैन ।
- दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने ।
- १/२ वटा दाँत बिग्रँदैमा केही हुँदैन ।
मुख स्वास्थ्य बारे केही तथ्य
- मुख सम्बन्धि रोगले विश्वव्यापी रूपमा अबौं मानिसलाई असर गर्छ, जसमध्ये ८० प्रतिशत रोग दाँत किराले खानेसँग सम्बन्धित हुन्छ ।
- मुखको स्वास्थ्य भनेको दाँत र मुखसँग मात्र सम्बन्धित छैन, यसले क्याभिटी तथा वरपरको तन्तुलाई पनि बुझाउँछ ।
- मुख स्वास्थ्यका लागि सबैभन्दा घातक पदार्थ सुर्ती र चिनी हुन् ।
- मुख स्वस्थ भए मात्र शरीर स्वस्थ हुन्छ ।
- नेपाल सरकारले मानिसहरूलाई आफ्नो स्वास्थ्य, सामाजिक र मानसिक स्थितिलाई सुधार गर्न मुख स्वच्छता अभ्यासका लागि प्रोत्साहित गर्न अभियान सुरु गरेको छ ।