काठमाडौं । उपचार सेवामा करिब २ दशक बिताइसकेको भक्तपुरको मध्यपुर गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालले आफ्ना सेवाहरुलाई विशिष्टीकृत गर्दै लगिरहेको छ ।
पछिलो समय नागरिक अस्पतालले आई सि यु सेवा र बीस सेवनका कारण उपचारमा आउने गरेका बिरामिका लागि उत्कृष्ट सेवा प्रदान गरि रहेको छ । अस्पताललाई भक्तपुरकै पोइजन केस व्यवस्थापनमा उत्कृष्ट सेन्टरको रुपमा लगिएको छ । नेपालमा वर्सेनी हजारैले आत्महत्या गर्ने गरेको पाईन छ । बीस सेवनका बिरामिलाई बचाउनका निमित नागरिक अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा उत्कृष्ट सेवा प्रदान गरि रहेको छ । अहिले दैनिक जसो बीस सेवनका २/३ केस आउने गरेको छ ।
साथै यस अस्पतालले आई सि यु मा भर्ना भएका बिरामिलाई तालिम प्राप्त नर्स तथा विशेषज्ञ चिकित्सकद्वारा गुणस्तरीय सेवा दिई रहेको छ । अस्पतालमा सेवा लिन आउने बिरामिलाई मध्य नजर गर्दै बिरामिको सेवा सुविधाका लागि बिरामीमैत्री अस्पतालका रुपमा सेवा प्रदान गरि रहेको छ ।
सस्तो मुल्यमा गुणस्तरीय सेवा नै यस अस्पतालको आकर्षणको पक्ष मानिन्छ । अस्पतालले सामुदायिक स्तरमा विभिन्न प्रकारको हेल्थ क्यापहरु गरिरहेको छ । भक्तपुरका विभिन्न स्कुलहरुमा गएर अस्पतालले स्वास्थ्य जनचेतनामुलक विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।