काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न अवार्डका लागि नेपाली वैज्ञानिकहरूलाई दरखास्त आव्हान गरेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवशको अवसर अप्रिल १०-१२ गते दशौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेनल ( "Tenth National Summit of Health and Population Scientists in Nepal") गर्न लागिएको हुँदा सो सम्मेलनमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न विधा दिइँदै आएको अवार्डलाई निरन्तरता दिदैअवार्डका लागि नेपाली वैज्ञानिकहरूबाट चत्रै १६ गतेसम्म नियमानुसार दरखास्त आह्वान गरिन्छ ।