डाउन सिन्ड्रोम यस्तो अवस्था हो जसमा बच्चालाई बौद्धिक तथा शारीरिक अपाङ्गता हुन्छ । डाउन सिन्ड्रोम एक सामान्य खालको सिकाइ असक्षमता हो जसलाई सजिलै चिन्न सकिन्छ । मानव शरीरका कोषहरूमा साधारण अवस्थामा हुनेभन्दा एउटा क्रोमोजोम बढी हुने अवस्थालाई डाउन सिन्ड्रोम भनिन्छ । सामान्यतया ४६ वटा क्रोमोजोम २३ जोडीका रूपमा कोषमा मिलेर बसेका हुन्छन् । तर, डाउन सिन्ड्रोम भएको अवस्थामा ४७ क्रोमोजोम हुन्छन् । बढी भएको एउटा क्रोमोजोम २१औँ जोडीका रूपमा रहने भएकाले यसलाई ट्राइसोमी–२१ भनिन्छ । डाउन सिन्ड्रोम कुनै रोग नभई जन्मजात अवस्था हो । जुन बच्चा गर्भमै हुँदा विकसित भइसकेको हुन्छ ।
डाउन सिन्ड्रोमका कारणहरु
कोषहरुको विभाजन हुँदा हुने त्रुटिका कारण एउटा अतिरिक्त क्रोमोजम थपिएको कारणले डाउन सिन्ड्रोम हुन्छ ।
आमाले पहिलो शिशु ३५ वर्ष वा त्यो भन्दा बढि उमेरमा जन्माएमा शिशुमा डाउन सिन्ड्रोम हुने सम्भावना बढ्दछ । त्यसै गरि डाउन सिन्ड्रोम भएको एक शिशु पहिले नै भइसकेमा तथा धेरै पटक गर्भ तुहिएमा डाउन सिन्ड्रोम हुने जोखिम बढि हुन्छ ।
- सानो उमेरमा यस्ता बच्चाहरु कमजोर र आफना दौँतरीहरुको दाँजोमा ढिलो विकास हुने हुन्छन् । डाउन सिन्डम भएका धेरैजसो व्यक्तिलाई मुटुको समस्या हुने गर्दछन्। कसैकसैलाई ल्युकेमिया ९एक प्रकारको रगतको क्यान्सर पनि हन्छ।
- यस्ता व्यक्तिले ज्यादै ढिला सिक्छन् र उनीहरुलाई पटक/पटक सम्झाइरहन पर्दछ।
- उनीहरु राम्रोसँग सम्झन सक्दैनन् र आफूले गर्ने कामलाई परिवर्तन गर्न पनि सक्दैनन्।
- उनीहरु ढिलो सिक्ने र छिटो बिर्सने स्वभावका हुन्छन्।
डाउन सिन्ड्रोम कसरी पहिचान गर्न सकिन्छ ?
डाउन सिन्ड्रोमको पहिचान जन्मनेबित्तिकै हुनसक्छ । धेरैजसो बच्चाको सन्दर्भमा डाक्टरले बच्चाको अनुहार हेरेरै पत्ता लगाउन सक्छन् र शङ्का भएमा क्रोमोजोम जाँचबाट समेत सजिलै पुष्टि गर्न सकिन्छ । यसरी हेर्दा डाउन सिन्ड्रोम अनुहारको विशेषता र बौद्धिक र शारीरिक अवस्थाबाट पत्ता लगाउन सकिन्छ ।
- सानो टाउको
- गोलो चेप्टो अनुहार, नेप्टो नाक
- अति सानो चिउँडो, तेर्सो चिम्से आँखा
- मुखबाट जिभ्रो निकालिरहने बानी, चिरापरेको जिभ्रो
- खुट्टाको पहिलो र दोस्रो औँलाबीच फाटो
- छोटो र मोटो गर्दन
- आँखाको नानीमा सेतो वा पहेँलो थोपा ९द्यचगकजाष्भमि कउयतक०
- सानो तल जोडिएको कान
- हत्केलोमा तेर्सो एक लाइनमात्र ९ कष्लनभि उबmिभच अचभबकभ०
- फितलो मांसपेशी
- सानो जनेन्द्रिय
- होचो कद