काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ।
सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटको सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो ।मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।