काठमाडौँ । पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन भएको छ ।
डा मिश्रको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ। उनको पित्तथैलीमा समस्या देखिएपछि दिल्ली लगिएको थियो । शल्यक्रियापछि उनलाई मस्तिष्कघात भयो । त्यस पछि उनको अवस्था झनै गम्भीर भएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती साढे ९ बजेतिर निधन भएको हो ।
डा मिश्रले पाँच वर्ष स्वास्थ्य मन्त्रालयको सचिव पद सम्हालेका थिए । साथै उनी केही समय राजनीतिमा पनि सक्रिय भए।