काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ ।
डा चालिसे लामो समयदेखि सोही अस्पतालको वरिष्ठ डाक्टरको रुपमा कार्यरत छन् । उनले यसअघि पनि निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए।
यसअघि डा ऋषिकेश नारायण श्रेष्ठ निर्देशक थिए । डा श्रेष्ठ उमेर हदका कारण बुधबारबाट अवकाश पाएपछि मन्त्रालयले उक्त स्थानको जिम्मेवारी डा चालिसेलाई दिएको हो।