पाल्पा- पाल्पामा शनिबार अपराह्न हावाहुरीले रुख ढलाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका ५ कैलाशनगरका भुवन सिंजाली रहेको प्रहरीले जनाएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा तीन जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-डुम्रे सडक जरेपिपल नजिकै उत्तीस र सल्लाको रुख ढलेर लाग्दा स्कुटरमा सवार सिंजालीको मृत्यु भएको हो।
लु ८१प ११३६ नम्बरको स्कुटरमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा हावाहुरीले ओतिने क्रममा रुख ढलेर च्यापिएको प्रहरीले जनाएको छ । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ ।
पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग र बिद्धुत पनि केहिबेर अवरुद्ध भएको थियो। स्कुटर र मोटरसाइकलमा सवार अर्का तीन जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।