काठमाडौं । आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो । यस वर्षको ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ मनाइँदैछ।
हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवस समेत हो । यो दिवस मनाउनुको मुख्य उद्देश्य जनस्वास्थका राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धि गर्ने, ध्यानाकर्षण गर्ने र स्वास्थ्यलाई प्रवर्द्धन गर्नु बताइएको छ ।
अहिलेको समयमा विश्वव्यापीरुपमा विभिन्न रोग, महामारी, विपद्का घटनाबाट सृजित चुनौतीहरु रहेका छन् । जलवायु परिवर्तन र प्रदुषण जस्ता वातावरणीय समस्याहरुले गर्दा सफा हावामा श्वासप्रश्वास लिन पाउने अधिकारबाट बञ्चित हुनु परेको छ यसैलाई ध्यानमा राखि ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ विश्वव्यापीरुपमा विश्व स्वास्थ्य दिवस मनाइँदैछ।
नेपाल सहित विश्व स्वास्थ्य संगठनमा रहेका १ सय ७४ मुलुकहरुमा विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वव्यापी स्वास्थ्यको लागि महत्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रुपमा यस दिनलाई उपयोगसमेत गरिन्छ । पहिलो विश्व स्वास्थ्य दिवस अप्रिल ७, १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।