काठमाडौँ । ह्याम्स अस्पतालले “स्वास्थ्य सबैको सरोकार भन्ने नारा सहित सरोकारवाला संग संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रत्येक वर्ष अस्पतालले वार्षिकोत्सवको अवसरमा नेपाली आम जनमानस प्रतिको सामाजिक उत्तरदायित्व बोधगर्दै बृहत सामाजिक हितको लागि “स्वास्थ्य सबैको सरोकार भन्ने नारा सहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
आजको दिनमा मुलुकको स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या तथा चुनौतीहरु विद्यमान रहेका छन् । जनस्वास्थ्य संगै प्रत्यक्ष सरोकार राख्ने विभिन्न समस्याहरुको बारेमा बृहत छलफल तथा बहस आवश्यक रहेको अस्पतालका अध्यक्ष रामशरण भण्डारी बताए ।
तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुको बारेमा बृहत छलफल गरी समाधानका लागि निष्कर्ष तथा सुझाव निकाल्ने उद्देश्य सहित सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सम्मिलित संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमको पहिलो सत्र मा “भेप/ई-सिगरेट : बढ्दो गंभीर स्वास्थ्य चुनौतीको बारेमा छलफल रहेको छ भने दोस्रो सत्रमा “स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु बारेमा छलफल रहेको छ । साथै तेस्रो सत्रमा पहिलो २ सत्रको सारंश तथा माननीय उप-प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट प्रमुख मन्तव्य । यस संवाद कार्यक्रमबाट छलफलका काममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने छ ।
प्रत्येक वर्ष यस्ता संवाद कार्यक्रम नियमित रुपमा संचालन गर्न ह्याम्स कटिबद्ध छ । उक्त कार्यक्रम यहि चैत्र ३० गते विहान १०:३० बजे देखि होटल अकामा, हुने भएको छ ।