काठमाडौं । नेपाल क्यान्सर अस्पतालले ४६ औं क्यान्सर सरभाईबर मिट सम्पन्न गरेको छ ।
क्यान्सरबारे जनचेतना फैलाउने र बिरामीलाई हौसला दिन उद्धेश्यले अस्पताल, उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपले आज क्यान्सर सरभाईबर मिट आयोजना गरेको हो । उक्त कार्यक्रममा अस्पताल र नेपाल क्यान्सर सपोर्ट ग्रुपले सिभिल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराई रहेका २१ बर्षिय आसिर्वाद कार्किलाई उपचारका लागि नगद २० हजार प्रदान गरेका छन् । ब्लड अस्पतालमा उपचार गराई रहेका अहिले सिभिल अस्पतालमा भार्ना भएका उनि बोनम्यारो ट्रान्सप्लान्टका लागि रकम जुटौँ रहेका छन् ।
उक्त कार्यक्रम क्यान्सर सरभाईबरहरुले नाच गान गरि मनाएका छन् । क्यान्सरलाई जितेर स्वस्थ जीवनयापन गरिरहेका उनीहरुले आ आफनो प्रतिभा देखाएका थिए । साथै क्यान्सर सरभाईबरहरु संग अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।सुदीप श्रेष्ठ, अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, डा मुरारी मान श्रेष्ठ, डा। कपेन्द्र शेखर अमात्य, सिईओ कपिल गौतम लगाएत अस्पतालका विभिन्न विभागका विभागिय प्रमुखहरुले नयाँ बर्ष २०८१ को रेवुलेशन बताउदै नयाँ बर्ष पनि मनाएका छन् । क्यान्सर बिरामीलाई प्रोत्साहन र बलियो आत्मबल बनाउनकालागि अस्पतालले बेला बेलाबखतमा विभिन्न खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।