काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा एचपीबी सर्जन्स अफ नेपाल (एजीएचएसएन) गठन भएको छ।
गत शुक्रबार काठमाडौमा नेपालका विभिन्न अस्पतालमा कार्यरत ३५ जना सर्जनहरुको भेलाले प्रा.डा. भण्डारीको नेतृत्वमा एजीएचएसएन गठन गरेको हो । यो संस्था विशुद्ध अध्ययन र अनुसन्धानसँग केन्द्रीत रहने गरी गठन गरेको डा। भण्डारीले बताएका छन् । अध्ययन, अनुसन्धानसँगै अनुभव साटासाटका लागि पनि संस्थाको गठन गरिएको उनले जानकारी दिए ।
एजीएचएसएनको उपाध्यक्षमा डा शरद पोखरेल, महासचिवमा डा. नारायण बेलावासे, कोषाध्यक्षमा डा. विष्णु कँडेल, सह-सचिवमा डा. निराजन सुवेदी र डा. निशान्त कोइराला चयन गरेको छ। यसैगरी, सदस्यहरुमा डा. नरेन्द्र पण्डित, डा. नवीन पोखरेल, डा. सुरेन्द्र साह, डा. राजेश मण्डल, डा. कुनाल देव रहेका छन्। एकेडेमीको साइन्टिफिक चेयरमा भने डा. पलेशवा जोशी लाखे रहेकि छिन्।
‘ग्यास्ट्रो तथा कलेजो रोगका विषयमा एमसीएच गरेका चिकित्सकहरु यसमा आवद्ध रहेका छन् । अहिले करीब ३५ जना सुरु भएको एजीएचएसएन बर्षैपिच्छे विस्तारै संख्या बढ्दै जाने अपेक्षा रहेको प्रा.डा. भण्डारीले बताए ।