काठमाडौं । सिटिजन्स बैंक धनगढी शाखाले आफ्नो १७ औं बार्षिक उत्सबको उपलक्ष्यमा आज एक कार्यक्रम गरी रक्तदान सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका सम्पूर्ण कर्मचारीहरुको सहभागी भएको थियो ।
वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम संचालन भएको थियो ।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भने उद्देश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सिटिजन्स बैंकधनगढी शाखाले सामाजिक जिम्मेवारीमा बहन गर्न सबैलाई आह्वान गरेको छ ।