काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिएका छन् । उनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन उक्त समय सिमा तोकेका हुन् ।
शनिवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उनले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गरेका हुन् । उनले सोही अवधीमा गेटामा प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न र उच्च शिक्षा र प्रतिष्ठान सम्वन्धी ऐन तुरुन्त पारित गर्न समेत भनेका छन् ।
यसअघि सरकारले आफूसँग सहमति गरेअनुसारका माग पूरा गर्न पनि तीन हप्ताको समय दिएको डा. केसीले बताए । उनको चेतावनी थियो, उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्छु । डा. केसीले नागरिक अधिकार पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारबाही गर्न समेत माग गर्नु भएको छ ।