गोरखा । गोरखामा एक पुरुषको मलद्वारभित्र अड्किएको बोतल एक महिनापछि निकालिएको छ ।
गोरखा नगरपालिका-३, नारेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर निकालिएको हो ।
बोतल अड्किएर ठूलो आन्द्रा अवरुद्द भएर यसको संक्रमण शरीरमा फैलिएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका थिए। एक्सरे गर्दा मलद्वारमा बोतल देखियो । बोत्तल अड्किएको लामो समय भएकाले पेटमा संक्रमण पनि फैलिसकेको मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले जानकारी दिए ।
अस्पतालका सर्जनद्वय डाक्टर जितेन्द्रकुमार सिंह र डाक्टर विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डाक्टर शम्भु अधिकारी लगायतका टीमले करिब ३ घन्टाको शल्यक्रिया गरेर मलद्वारबाट बोतल निकालिएको हो । बोत्तल १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको थियो । शल्यक्रियापछि बिरामीको होस आइसकेको र आईसीयूमा उपचार भइरहेको छ ।