डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ बिउनौलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नवदुर्गा गाउँपालिकाबाट जिल्ला सदरमुकाम आउँदै गरेको से१ज २०६७ नम्बरको कार दुर्घटना हुँदा अमरगढी ७ का केशव भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते चालक रोचन भट्टराईलाई डडेल्धुरा अस्पतालले रेफर गरिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको डडेल्धुराका प्रहरी प्रमुख डिएसपी दीपक कार्कीले जानकारी दिए ।
मृतक केशव भट्टराई वि।सं। २०५४ सालमा अमरगढी–७ का वडाध्यक्ष हुनुहुन्थ्यो भने रोचन वि।सं। २०७४ मा अमरगढी ७ का वडा सदस्य थिए ।