झापा । झापामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान चलिरहेकै बेला तीनजना नयाँ बिरामी फेला परेका छन् ।
जिल्लाको बिर्तामोड नगरपालिका–५ मा मङ्गलवार हात्तीपाइलेका तीनजना रोगी भेटिएका हुन् । हात्तीपाइलेविरुद्धको औषधि खुवाउने क्रममा जाँच गर्दा दुईजना पुरुष र एक जना महिलामा हात्तीपाइलेको लक्षण देखिएको विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिए। गत वर्ष पनि बिर्तामोडकै वडा नं १ मा एक जनामा हात्तीपाइलेको लक्षण देखिएको थियो ।
झापामा गत वर्ष करिब एकसय ४१ जना हात्तीपाइलेका रोगी रहेका थिए । यस वर्ष निकै बिरामी थपिने अनुमान गरिएको छ ।