चितवन । चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरको भित्तामा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर न।पा।३ बन्सी बस्ने वर्ष २२ को जीवन चौधरी र सोही ठाउँका बर्ष १८ का सुमित महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार राती ११ बजेर ५५ मिनेट जाँदा रत्ननगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा जीवन चौधरीले चलाएको ना२२प ३४४४ नम्बर को मोटरसाइकल आफै अनियन्त्रित भई सोही वडाका सुमन गदालको घरको भित्तामा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भीर दुबैजनालाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा उपचारको क्रममा चिकित्सकले सुमितलाई राती १२ बजेर २० र जीवनलाई १२ बजेर ५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवै शव सरकारी अस्पताल भरतपुरमा रहेको र यसबारे थप अनुसन्धान भइरहेको छ ।