काठमाडौं। उत्कृस्ट उपचार र सबैको मुस्कानको साथि बन्न सक्ने गरि ३० बर्षको लामो अनुभब लिएर इजी डेन्टल संचालनमा आउने भएको छ । समाज र स्वास्थ क्षेत्रमा लामो समय बिताइसकेका अनुभबीहरुको सक्रियतामा उत्कृस्ट दन्त चिकित्सा प्रदान गर्न एईएम ग्रुप द्वारा संचालित इजी डेन्टलले छिट्टै आफ्नो सेवा सुरु गर्न लागेको हो ।
काठमाडौ महानगरपालिका वडा नम्बर ६ चाबहिल माहांकाल खानेपानी संस्थान अगाडीको भवनमा सेवा सुचारु गर्न लागेको इजी डेन्टलमा सुभारम्भ को अबसरमा ओपिडी तथा परामर्श , आर सी टि (जरा देखिको उपचार ),तथा दाँत सफा गर्ने जस्ता उपचार पूर्ण रुपमा निःशुल्क गरिने इजी डेन्टलले जनाएको छ।
इजी डेन्टलमा बिरामीका लागी आधुनिक उपचार कक्षहरू, नविनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू , आरामदायक प्रतीक्षा क्षेत्रहरू, बिरामीको सुबिधाको लागि लिफ्ट लगाएत पर्याप्त पार्किंङको सुबिधा सहित संचालन हुन लागेको इजी डेन्टलका प्रमुख अजय कुमार रेग्मिले जानकारी दिएका छन्।