काठमाडौं । आज १२ मे अर्थात विश्व नर्स दिवस। आफू तथा परिवार सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरूको सम्मान गर्दै यो दिवस मनाइन्छ।
‘लेडी विथ द ल्याम्प’को उपनामले चिनिने फ्लोरेन्स नाइटिंगेलको जन्मदिन अर्थात् हरेक वर्ष मे १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा इटालीको फ्लोरेन्समा भएको थियो ।
अन्तराष्ट्रिय नर्सिङ काउन्सिल ९आईसीएन०को आव्हानमा हरेक वर्षको यसै दिन विश्वभर नर्स दिवस मनाउने गरिएको हो। विश्वका विभिन्न ठाउँमा नर्स तथा चिकित्सकको सम्मान र मनोबल उच्च बनाउन सरकार एवं नागरिक स्तरबाट विभिन्न गतिविधि पनि भइरहेका छन्।
जर्मनीमा नर्सिङ तालिम गरेकी उनलाई क्राइमिया युद्धका क्रममा सन् १८५३ मा टर्कीको सैन्य अस्पतालमा पठाएको थियो । टर्कीमा सैनिकको हेरचाह तथा स्याहार गरिएकोे त्यो पहिलो पटक थियो । सन् १९१० मा नाइटिंगेलको ९० वर्षको उमेरमा निधन भयो ।