काठमाडौं । नेपाल क्यान्सर हस्पिटलले विश्व नर्स दिवसको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको थियो।
उक्त दिवसको अवसरमा अस्पतालको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रम नाच गान गरि मनाएको छ ।
कार्यक्रम बोल्दै अस्पतालका कार्यकारी अध्यक्ष डा। सुदीप श्रेष्ठले आफू तथा परिवार सदस्यभन्दा माथि उठेर सधैँ बिरामीको सेवामा समर्पित हुने नर्सहरूको सम्मान गर्दै यो दिवस मनाइने बताए । डा. श्रेष्ठले नर्सिङ विभागका स्टाफहरुको लगनशीलता र कर्तब्य निष्ठाको खुलेर प्रशंशा गरेका थिए र केक काटि कार्यक्रम सम्पन गरियो ।