काठमाडौँ। काठमाडौँ विश्व विद्यालयको परीक्षा अगावै प्रश्नपत्र बाहिरिए पछि पुर्न परीक्षा लिने भएको छ ।
केयूले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुनस् परीक्षा लिने भएको छ। केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषय मेडिसिन एन्ड एलाइड (डर्माटोलोजी) १ र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको परीक्षा पुन हुने भएको हो।
नयाँ परीक्षा तालिकामा फाइनल एमबीबीएसको मेडिसिन एण्ड एलाइड ९डर्माटोलोजी० १ को आगामी १६ मे कादिन विहान १० देखि दिउसो १ बजेसम्म र थर्ड एमबीबीएसको कम्युनिटी मेडिसिन विषयको पनि १६ मे दिउसो २ देखि २:३० बजेसम्म हुने भएको छ ।
दुई विषयका परीक्षाको प्रश्नपत्र बाहिरिएको परीक्षा समितिले ठहर गरेपछि पुर्न परीक्षा लिने निर्णय गरेको केयु स्कुल अफ मेडिसिनका डीन प्राडा। मनोज हुमागाईँले बताए । प्रश्नपत्र आउट भएको विषयमा आवश्यक छानबिन भइरहेको पनि जानकारी दिएका छन् ।
