सुर्खेत । सुर्खेत हस्पिटलमा निसन्तान तथा बाँझोपन शिविर सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमै पहिलोपटक एन्जल फर्टिलिटी किल्निक काठमाडौं र सुर्खेत हस्पिटल को संयुक्त सहकार्यमा आयोजित एक दिने शिविर सम्पन्न भएको छ।
उक्त सम्पन्न शिविरमा महिला तथा पुरुष बांझोपन, गर्भ तुहिने, दोस्रो सन्तान नबस्ने ४५ जना बिरामीले जांच तथा परामर्श गराीएको थियो । निसन्तान रोग बिशेषज्ञ डा. माला श्रेष्ठ तथा भ्रुण बिशेषज्ञ प्रिती बिष्टद्वारा शिविरमा सेवा प्रदान गरिएको थियो ।
उक्त शिविरबाट ३५ जना बाँझोपन समस्या भएका बिरामीले निशुल्क ओपिडिबाट जाँच तथा परामर्श लिएको अस्पतालका प्रबन्धक भक्त बहादुर शाहीले बताएका छन् । आगामी असार १ गते पुनः शिविर संचालन हुने र उक्त शिविरमा ल्याब, भिडियो एक्सरे जांच मा १०% छुट पनि दिइने प्रबन्धक शाहीले बताए।