काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफनो सातौं वार्षिकोत्सव २० जेठमा मनाउँदै छ ।
अस्पतालले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको गरी मनाउने भएको छ । अस्पतालले वार्षिकोत्सवको अवसरमा रक्तदान, निस्शुल्क ओपीडी चेक-अप, सांस्कृतिक कार्यक्रम, स्मारिका विमोचन, खेलकुद, वाकाथन लगायतका विधि कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
अस्पतालका अनुसार, जेठ ११ गते शुक्रबार दिउँसो १२ बजे सांस्कृतिक कार्यक्रम (नृत्य र गायन), जेठ १८ गते शुक्रबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म निस्शुल्क ओपीडी चेक-अप र सोही दिन बिहान ९:३० देखि दिउँसो १:०० बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । त्यस्तै, जेठ १९ गते शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म वाकाथन कार्यक्रम आयोजना गरिने अस्पतालले जनाएको छ ।