काठमाडौँ । आज देखि पहिल्यै पोलियो विरुद्धको खोप लगाउन छुटेका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा।अभियान गौतमले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको जानकारी दिए । यही जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ । उनका अनुसार सोही समयमा जन्मिएको बेलामा विश्व बजार मानै आई पी भी खोप अभाव भएको थियो ।
उक्त खोप लगाउन छुटेका बालबालिका पोलियो रोग लाग्ने उच्च जोखिममा रहेको खोप अभियान सुरु गरेको उनले जिकिर गरे । उनले भने यो अभियानको लक्ष्य आई पी भी खोप आपूर्ति नभएको अवधिमा यो खोप लगाउन छुट भएका बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर ती बालबालिकालाई पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने रहेको छ।’
डा.गौतमका अनुसार पोलियो भाइरसबाट हुने संक्रमक रोग हो । पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो भाइरसबाट सङ्क्रमण भएको व्यक्तिलाई पक्षाघात भई मृत्यु समेत हुन सक्छ । यो रोगको मिश्रित औषधी उपचार हुँदैन ।पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् ।