काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर कल्चरल कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सहभागीबीच नाच र गितको प्रतिष्पर्धा भएको थियो । सो प्रतिष्पर्धाको निर्णायकमा डा बिजेसराज घिमिरे, डा बनिता गुरुङ, स्वरुपा श्रेष्ठ रहेका थिए । सो प्रतिष्पर्धामा जित्नेहरुलाई यही जेठ २० गते वार्षिकोत्सवको दिन पुरस्कार प्रदान गरिनेछ । सो प्रतिष्पर्धाका लागि कल्चरल सब कमिटी बनाइएको थियो ।
त्यसै गरि अस्पतालले जेठ १८ गते शुक्रबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म निस्शुल्क ओपीडी चेक-अप र सोही दिन बिहान ९:३० देखि दिउँसो १:०० बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । त्यस्तै, जेठ १९ गते शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म वाकाथन कार्यक्रम आयोजना गरिने अस्पतालले जनाएको छ ।
