काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट २ अर्ब २३ करोडले बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८६ अर्ब २४ करोड विनियोजन गरिएको अर्थ मन्त्री बर्षमान पुनले बताए।
अर्थ मन्त्री पुनले आर्थिक वर्ष २०८१(८२ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आधारभूत अस्पताल निर्माण गर्न १५ अर्ब ४१ करोड बजेट विनियोजन गरिएको छ ।
मानसिक अस्पताल पाटन, बीपी कोइराला क्यान्सर अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,नारायणी,भरतपुर, भेरी,डडेल्धुरा तथा गजेन्द्रनाराण सिंह अस्पतालको सेवा विस्तार गरिने मन्त्री पुनले बताए ।